सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा रहेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक अर्थ मन्त्रालयमा सुरु भएको छ।कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ। सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।