काठमाडौं। सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम आज सक्ने भएको छ। न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले आजसम्म सम्पूर्ण काम सक्ने बताएको हो। कार्यदलका संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको जनाए।