आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने सोनाली कुमारी सिंह उर्फ निहारिका राजपुतको मुद्दा यतिबेला फेरि बहसमा आएको छ । उनले आफूमाथि बलात्कार भएको र बलात्कारबाट सन्तान जन्मिएको भन्दै दोषीलाई कारवाहीको माग गरेकी छिन् । पछिल्लोपटक निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् । राष्ट्रपति भवन अगाडि नै आत्मदाहको प्रयास गरेपछि निहारिकालाई प्रहरीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा पुरायो । यतिबेला निहारिका त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् । शुक्रबार राष्ट्रपति