काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे शंका गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि प्रधानमन्त्री देउवाको भेटघाट र भ्रमण स्वाभाविक भएको बताएका हुन्। असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। सम्झौता मात्रै नभइ प्रधानमन्त्रीको भ्रमणसमेत रोक्नुपर्ने आवाज उठेका वेला मन्त्री