विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका लागि सिंहदरबारमा भेला भएर सांसदहरु सर्वोच्च अदालत जान लागेका हुन् ।संविधानको ध