काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकाङ्क्षी नरहेको बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भए...