नेकपा एमालेका नेता माधव नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।
नेपाल पक्षको आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेका छन् ।
केन्द्रीय कमिटी बैठकअघि नेपाल पक्षका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले ओलीलाई बिहान बालुवाटारमा भेटेका थिए ।
बिहीवारको स्थायी कमिटीका सदस्यहरूको बैठकको निर्णयबारे जानकारी गराउन बालुवाटार गएको एक नेताले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले आजको ब...