नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् ।
कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।
अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपा...