काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाल पक्षले राखेको स्थायी कमिटी बैठक रोक्न प्रस्ताव अस्वीकार गरेका छन्।विघटित कार्यदलका सदस्यहरुसँगको भेटमा ओलीले बैठकलाई सधै रोक्न नसकिने भन्दै १० बुँदे सहमति अनुसार पार्टीमा आएर काम गर्न सुझाएका छन्। विघटित कार्यदलका सदस्यहरु ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।एमाले सचिव भीम आचार्यले नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको तर ओली तयार नभएको जानकारी दिए। ‘अहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लै