काठमाण्डाै – नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले माधव नेपाल–झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताउनुभएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गर्नुभएको आह्वानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उपप्रधानमन्त्री पाैडेलले बताउनुभयो ।
न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा अर्थ मन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री ब...