काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भए पनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुवै सहज हुने व्यवस्थाका लागि आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँ...