सोलुखुम्बु, पुस २०। केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिए। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई […]