विराटनगर : विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा डोजर चलाएको छ।बुधबार महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत सूचना जारी गरेको थियो।काठमाण्डौं महानगरबाट सुरु भएको अनाधिकृत संरचना हटाउने अभियान पछिल्लो समय विराटनगरसँगै अन्य जिल्लामा पनि सुरु भएको छ। विराटनगर महानगरपालिकाले नगरप्रमुर नागेश कोइरालाले नै निर्माण गरेको अनाधिकृत संरचनामा डोजर चलाएर यो अभियान सुरु गरेको हो।श