वाग्मती किनारका अनधिकृत संरचना भत्काउन सुरु

काठमाडौँ । वाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिई अनधिकृतरुपमा बनाइएका संरचना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ । समितिसँग स्वीकृति नलिई बनेका संरचनाका कारण वाग्मती नदीको सौन्दर्यकरणमा समस्या भएपछि भत्काउन सुरु गरिएको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । मङ्गलबार स्वीकृति नलिई बनेका १८ वटा संरचना भत्काइएको उनले सुनाए । अनधिकृत […]

सम्बन्धित सामग्री

अनधिकृत संरचना भत्काउँदै पुनर्वास

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले नगरभित्रका अनधिकृत संरचना हटाउन थालेको छ । पुनर्वास नगरपालिकाको मुख्य बजार आईबीआरडी सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना भत्काउन लागेको हो । नगरपालिकाले सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख तोयप्रसाद शर्माले नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, योजना अधिकृत शंकर बोगटी, प्रविधिक प्रकाश सुवेदीलगायतको टिमसँग छलफल गरी सडक आसपास अतिक्रमण गरी […]

महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो । ‘पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो । […]

हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ । हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनलाई महानगरले भत्काएको हो । उक्त संरचना अनधिकृत रहेपछि भत्काइएको महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । भवन भत्काउनु अघि संघका व्यक्तिहरूले विना जानकारी भत्काउन आएको र सामान निकाल्न पनि नदिएको गुनासो गरेका थिए ।  पाण्डेले […]

बागमती किनारका अनधिकृत संरचना हटाइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो । यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो । बागमती किनारमा रहेका अनधिकृत […]

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंैसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु […]

न्युरोड क्षेत्रका अनधिकृत संरचना खाली गराउँदै महानगर (तस्वीरहरू)

काठमाडौं : महानगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानमा जुटेको महानगरको आज न्युरोड क्षेत्र पुगेको छ। महानगरको सुरक्षा टोलीले आज न्युरोडको सुरज अर्केडका अनधिकृत संरचना भत्काउन र खाली गराइरहेको छ।त्यहाँका अनधिकृत संरचना हटाउन आवश्यक दुईवटा डोजरसमेत महानगरले तयारी अवस्थामा राखेको बताइएको छ। अहिले भने महानगरको सुरक्षा टोलीले खाली गर्न भनेको छ।पछिल्लो साता काठमाडौं महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।केही तस्वीर झलक :

न्युरोडको सुरज अर्केड भत्काउन महानगरले पठायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ । अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिले २ वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।

महानगरले भत्कायाे रत्नपार्ककाे सब–वेमा बनेका अनधिकृत संरचना

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले रत्नपार्ककाे सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छाैँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ ।   काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत हिजो शनिवार वनस्थलीको ढुङ्गेधारा क्षेत्रमा बनाइएका अवैध संरचना हटाए...

महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए ।  उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ ।  […]

महानगरले अनधिकृत संरचना भत्काउन लागेपछि उद्योग वाणिज्य संघले बोलायो बैठक

काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौं उद्योग वाणिज्य संघले बैठक बोलाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको रातोपाटीसँग बताए । उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । ‘साना व्यवसायीको बिचल्ली भयो । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न पाइन्छ,’ श्रेष्ठले भने, ‘संघको पदाधिकारी बैठक बोलाइएको छ । साथीहरूले के भन्छन् ।’नेपाल उद्योग वाणिज्य