काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले रत्नपार्ककाे सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छाैँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ ।
काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत हिजो शनिवार वनस्थलीको ढुङ्गेधारा क्षेत्रमा बनाइएका अवैध संरचना हटाए...