काठमाडौँ । काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए । उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ । […]