नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–२ दुम्कौलीका किसान बाबुराम कँडेलका मकैमा ठिक्क धानचमरा लाग्ने समय भयो । तर, खान हुने बेलाका मकै गर्मीले मर्ने हुन् कि भन्ने चिन्तामा हुनुहुन्छ कँडेल । गर्मीले मकै सुक्न थालिसके ।
उहाँ भन्नुहुन्छ, ‘यसपाली अचम्मै गर्मी भयो । यस्तो गर्मी भएको थाहा छैन ।’ दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगिसकेको छ ।
उहाँले टनेल हालेर काँक्रो खेती पनि गर्नु भएको छ । गर्मीले काँक्राका पात पहेँला भएका छन् । जोगाउनै कठिन भएको छ । खेतीपाती गर्न बारीमा जान...