न्यायाधीशहरूले सधैँ इजलासबाहिर बस्न गाह्रो हुने भन्दै यस बारेमा बारको धारणा मागेका छन् ।
बार पदाधिकारीहरूसँग सोमवार भएको भेटमा न्यायाधीशहरूले विस्तृतमा धारणा नराखे पनि सधैँ इजलासबाहिर बस्न गाह्रो हुने भएकाले के गर्न सकिन्छ भन्ने विषयमा बारको धारणा मागेका हुन् ।
‘सधैँ यसरी बेञ्चबाहिर बस्न मिल्दैन, तपाईंहरूको दृष्टिकोण के हो, भोलि आउँदा लिएर आउनुस् भनेका छौं,’ एक न्यायाधीशले लोकान्तरसँग भने ।
बैठकमा बार पदाधिकारीहरूले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन नरोकि...