काठमाडौँ : गर्मीभन्दा जाडो मौसममा स्वास्थ्यमा धेरै खालका समस्या देखिन्छन्। यो मौसममा मुख्यतया निमोनिया, दम जस्ता फोक्सो सम्बन्धी समस्या देखिन्छन्।यसका साथै चिसो मौसममा देखिने अर्को समस्या भनेको मुटु सम्बन्धी समस्या हो। चिसोको कारण मानिसमा शारीरिक सक्रियता कम हुने, खानपानको तुलनामा शारीरिक व्यायाम कम हुने जस्ता कारणले पनि रक्तचाप, मोटोपन जस्ता समस्या देखिने गर्छ। जसका कारण मुटुसम्बन्धी समस्या देखिने गर्छ।चिसोका कारण रक्तनली खुम्चिने हुनाले शरीरमा राम्रोसँग रक्तसञ्चार हुन नसक्ने र य