घरमा छोरा र साउदीमा श्रीमान् बिरामी : बोर्डको सहयोगले उपचारमा केही राहत

खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ । यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो भइदियो । अहिले आफै अस्पतालको बेडमा हुनुहुन्छ दानबहादुर । दानबहादुर २०७७ सालमा साउदी जानुभयो । त्यहाँको अलिफाद  कम्पनीमा कारपेन्टरको  काम गर्नुहुन्थ्यो । तर साउदी गएको दुई महिना नहुँदै उहाँ कार्यस्थल दुर्घटनामा पर्नु...

सम्बन्धित सामग्री

घरमा छोरा र साउदीमा श्रीमान् बिरामी : बोर्डको सहयोगले उपचारमा केही राहत

लीला निरौला/खोटाङ । खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ । यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो ...

छोराहरु वैदेशिक रोजगारीमा हुँदा बाेर्डले दिएको स्वास्थ्य उपचार खर्चले राहत

खोटाङ दिक्तेलकी तीलमाया आचार्य एक वर्षदेखि ब्लड क्यान्सरले पीडित हुनुहुन्छ । उहाँलाई १५ पटक किमो दिइएको छ । अहिले पनि उहाँ भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको छ । तीन छोरामध्ये उहाँका दुई छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा आमा बिरामी भएपछि छोराहरु कसरी खुसी हुन सक्छन् र ?  छोराहरु केही कमाउने सपना बोकेर परदेश गएका छन् । यता आफ्नो उपचारमा यत्रो पैसा सकिँदा ६० वर्षीया तीलमायालाई पनि क्यान्सरले  भन्दा बढी पीडा हुन्छ ।  उहाँलाई अब खर्च कह...

बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको आइसोलेशन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहितको २० शय्याको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको ५/५ लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ । निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईओटा एचडीयू शøया भएको आइसोलेशन कक्षका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट पाइपमार्फत सीधै अक्सिजन आपूर्ति हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरू गरिन्छ ।’ प्रदेश सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । आइसोलेशनमा दशओटा विद्युतीय शय्या जडान गरिएको छ । साथै गतवर्ष शैक्षिक तालीम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।  कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै आइसोलेशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुने बताइएको छ । यसअघि आकस्मिक र अन्तरंग कक्ष (बिरामी वार्ड)का साथै बरण्डामा शøया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ । आइसोलेशनमा बुधवारसम्ममा १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायत सेवालाई प्रभावित हुन दिइएको छैन । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करीब १०० शøया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

वीपी प्रतिष्ठानमा संक्रमितको उपचारमा लापरबाही भएको आरोप

जेठ ४, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारमा आएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुने गरेको बिरामीका कुरुवाहरुले आरोप लगाएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पताल ‘लेभव थ्री’ को अस्पताल हो । अस्पतालमा सुविधायुक्त १०० बेड रहेका छन् । दक्ष जनशक्ति परिचालन गरेर कोभिड संक्रमित बिरामीको उपचारमा लागिरहेको दाबी अस्पतालले गर्दै आएपनि बिरामीका कुरुवाहरुले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका छन् ।  छोरालाई कोरोना संक्रमण पुष्टि भए भएपछि कोभिड अस्पतालमा उपचार गराईरहेका ताप्लेजुङका छविराम नेपालीले कोभिड अस्पतालमा व्यवस्थापन फितलो हुँदा बिरामीको राम्रो उपचार नभएको गुनासो पोखे । उनले भने, ‘मैले ११ वर्षको छोरा कोभिड भएर ल्याएको एक हप्ता भयो, अस्पतालले खासै हेर्ने गरेको छैन, धेरै लापरबाही छ ।’  यस्तै गुनासो सप्तरीका जगदिश कुसहवाको पनि छ । बुबालाई कोभिड भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठान ल्याए पनि चिकित्सक तथा नर्सहरुले राम्ररी नहेर्ने गरेको उनले बताए । उनले भने, ‘बिरामीको अवस्थाका बारेमा बेलाबेलामा आफन्तलाई जानकारी गराउनु पर्ने भएपनि त्यस्तो जानकारी नगराउने सोधिहाले पनि राम्ररी जवाफ नदिने प्रवृति कोभिड अस्पतालमा रहेको छ, यो सुधार हुनुपर्छ ।’ उनले बिरामीका आफन्तले पठाइदिएको खाना समेत बिरामीलाई समयमै नदिने, औषधि समयमै नदिने लगायतका गैर जिम्मेवारी काम कोभिड अस्पतालमा भएको गुनासो गरे । बिरामीलाई समयमा खाना नदिने र बिरामीको अवस्थाको बारेमा कुरुवालाई राम्ररी जानकारी नदिने गरेको उनीहरुको भनाइ छ । बिरामीको उपचारमा ध्यान नदिएको गुनासो एकातिर छ भने अर्कोतिर बिरामीका कुरुवाहरुलाई खान र बस्नको पनि समस्या हुन थालेको छ । कोभिड अस्पतालका लागि कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको सप्तरीका बिरामीका कुरुवा विद्यानन्द साह बताउँछन् ।  पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । लकडाउनका कारण बाहिर होटलहरु बन्द हुँदा खानाको पनि समस्या हुने गरेको छ । केही दिन यता धरान १७ स्थित एक संस्थाले खानाको व्यवस्था गरिदिए पछि राहत मिलेको उनी बताउँछन् । उनले भने, ‘कुरुवाहरुलाई बस्नसँगै खानाको पनि समस्या हुन थालेपछि खानाको व्यवस्था सचेत नागरिक समूह धरान–१७ ले निःशुल्क गरिदिएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ यता प्रतिष्ठान व्यवस्थापनले भने कोभिड अस्पतालमा राम्रो व्यवस्थापन रहेको दाबी गरेको छ । प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोख्रेलले बिरामीको उपचार प्रभावकारी रुपमा भइरहेको दावी गरे ।  उनले बिरामीको मनोबल उच्च राख्नको लागि काउन्सिलिङ गराउने, योगा गराउने, पोषिला खानेकुरा खुवाउने लगायतको कार्य निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘साना तिना समस्या होलान् तर बिरामीलाई गर्ने व्यवहार लगायत उपचारमा कुनै कमी भएको छैन, यसमा कोभिडमा खटिएका सबै गम्भीर छन् ।’ प्रतिष्ठानमा प्रदेश १ र प्रदेश २ का सबै संक्रमित बिरामी उपचार सेवा लिन प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानमा हालसम्म १ हजार ३९८ जना भर्ना भएका छन् भने १ हजार १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।  कोरोनाको दोस्रो लहर देखा परेसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६५ जना पुगेको छ भने हाल प्रतिष्ठानमा ६५ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

बसुन्धारामा आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी

काठमाडौं। नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी गरेको छ। तत्काल ८८ शैयाको अक्सिजन थेरापी सञ्‍चालन गर्न लागिएको हो। २०० बेड सञ्‍चालन गर्ने तयारी रहेको उक्त आइसोलेसन केन्द्रका लागि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराएको छ। आइसोलेसन केन्द्रको निरीक्षणमा गएएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका बिरामी उपचारमा थप राहत मिल्ने बताए।

नारायणी अस्पताल : न अक्सिजन प्लान्ट छ, न पाइपलाइन

१९ वैशाख, वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा संक्रमितलाई हाईफ्लो अक्सिजन चल्छ । एक जना कोरोनाका बिरामी छटपटाइरहेका थिए । किनकि त्यतिखेर उनको अक्सिजन सिलिण्डर खाली भइसकेको रहेछ । खटिएका स्वास्थ्यकर्मीले हतार–हतार गरेर अर्को सिलिण्डर जोडे । बिरामीलाई राहत भयो । ‘समयमै देख्यौं, त्यतिखेर बिरामीलाई बचाउन सफल भयौं,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘तर भोलिपल्ट त […]