धनराज गुरुङले गरे मतदान

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मतदान गरेका छन् ।  को अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  स्याङ्जा २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गुरुङले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावली स्याङ्जा १ मा रहेकाले उनले आफूलाई मत हाल्न नपाएका हुन् ।

सम्बन्धित सामग्री

स्याङजाको बुथ क्याप्चर भनिएको चापाकोट–३ केन्द्रमा अस्वभाविक मतपरिणाम

स्याङ्जा क्षेत्र नम्बर २ को अन्तिम निर्वाचन परिणाम आएसँगै नेपाली कांग्रेसका उम्मेदवार रहेका उपसभापति धनराज गुरुङ विजयी भइसकेका छन् । तर मतगणनाका क्रममा बुथ क्याप्चर भएको भनिएको चापाकोट नगरपालिका वडा नम्बर ३ मा स्थानीय तहमा खसेको मतभन्दा अस्वभाविक ढंगले मतदान भएको पाइएको छ । साथै कांग्रेस र एमालेका दुवै उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभामा बराबरी मत पाएको पाइएको छ । यो मतदान केन्द्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार धनराज गुरुङको १४२३ मत आएको छ भने प्रदेश सभा उम्मेदवार कांग्रेसका महेश भ

स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

मतदान सम्पन्न भएको झण्डै एक हप्तासम्म मतगणना हुन नसकी विवाद भएको स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले ३१ हजार चार …

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् । नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना […]

धनराज गुरुङ र पद्मा अर्यालले गरे मतदान

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ । आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको क्षेत्र नम्बर १ काे मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हाे । तर उहाँले क्षेत्र नम्बर २ काे उम्मेदवार हुनुहुन्छ । साथै नेकपा एमालेकी सचिव तथा […]

स्याङ्जाका धनराज गुरुङ कांग्रेसको उपसभापतिमा विजयी

स्याङ्जाका धनराज गुरुङ नेपाली कांग्रेसको केन्द्रीय उपसभापतिमा विजयी भएका छन्। सोमबार भएको मतदान र बुधबार राति १ बजे सम्पन्न मतगणनामा गुरुङ उपसभापतिमा विजयी भएका हुन्। विजयी गुरुङले प्रतिस्पर्धी विजयकुमार गच्छदारलाई झिनो मतान्तरले पराजित गरेका हुन्। गुरुङले शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा चुनाव लडेका थिए।

२८०० मत गन्दा देउवा पक्षका खड्काले लिए अग्रता, धनराज गुरुङ दोस्रोमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । उपसभापतिको २८०० मतगणना हुँदा पूर्णबहादुर खड्काले १३२१, धनराज गुरुङले १२६७, विजयकुमार गच्छदारले १२१३ र  डा. चन्द्र भण्डारीले १११५ मत पाएका छन् । उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६ र दिव्येश्वरी शाहले ११२ मत पाएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । केन्द्रीय कार्यसमितिका २ उप...

काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका

काँग्रेसमा सात युवा नेताको प्रस्ताव : वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

काठमान्डाैं / नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।... The post काँग्रेसमा सात युवा नेताको प्रस्ताव : वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान appeared first on Purbeli News.