नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना जारी छ ।
उपसभापतिको २८०० मतगणना हुँदा पूर्णबहादुर खड्काले १३२१, धनराज गुरुङले १२६७, विजयकुमार गच्छदारले १२१३ र डा. चन्द्र भण्डारीले १११५ मत पाएका छन् ।
उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ३७८, महेश आचार्यले २६६ र दिव्येश्वरी शाहले ११२ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कार्यसमितिका २ उप...