गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि राजनैतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशमा राष्ट्रियसभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले नेता कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उम्मेदवार बनाएको छ भने दलित कोटामा स्याङ्जाका अर्जुनकुमार सोनाम उम्मेदवार बनाएको छ । त्यसैगरी काँग्रेस, माओवादी केन्द्र लगायतका अन्य द