सुर्खेत : हुम्लामा स्वास्थ्य सेवा कार्यालयले पठाएको विवरण भन्दा फरक ढंगले कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाउँदा सेवा प्रभावमा समस्या भएको हो। स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले यसको जिम्मेवारी अस्पतालले नलिने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।