वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू आउने र आएका उजुरी उपर कारबाही गर्ने कार्य दिनहुँ चलिरहेकै छ । तर उजुरीको तथ्याङ्क हेर्दा पहिलेको तुलनामा उजुरीको प्रकृति केही परिवर्तन भएको जस्तो देखिन्छ ।
विभागमा आउने उजुरीको तथ्याङ्क हेर्दा पछिल्लो केही महिनामा केही सङ्ख्या घटेको छ । साउन महिनामा ६ सय ६६ उजुरी परेको थियो भने भदौ महिनामा यो सङ्ख्या ६० वटा घटेको छ ।
परेको उजुरीको फरफारक गर्ने सङ्ख्या पनि विभागले केही बढाएका छ ।
तर यसमै चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । जति सङ्ख्या ठगी घट्नु पर्ने हो त्यसरी घट्न सकेको छैन ...