नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमण दर घटे पनि मृत्यु दर बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक साताको तथ्याङ्कलाई केलाउँदा दैनिक ७ जनादेखि १६ जनासम्मको मृत्यु भएको छ । सङ्क्रमणकै कारण माघ १ गतेदेखि २१ गतेसम्म २०१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सङ्क्रमित अस्पताल भर्ना हुने दर घटेको छैन । सरकारले माघको तेस्रो सातादेखि सङ्क्रमितको सङ्ख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेअनुसार कम हुँदै गए पनि मृत्यु दरमा भने क