गड्डाचौकीबाट भित्रिने पर्यटक घटे

काठमाडौँ,१५ माघ । कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको आवागमन न्यून हुँदै गएको छ । भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरालगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या कम हुँदै गएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ । केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि बत्तीस सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटलीलगायत तेस्रो मुलुकका पर्यटक यस […]

सम्बन्धित सामग्री

रारा आउने पर्यटक चालिस प्रतिशतले घटे

काठमाडौँ,१९ माघ । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको सङ्ख्या ह्वात्तै घटेको […]

चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।...

आर्थिक सङ्कटसँगै महँगी : सौराहामा पर्यटक घटे

चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेको छ । देशमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण सौराहामा पर्यटकको सङ्ख्या घटेको हो । पर्यटक आगमन घट्दै गएपछि सौराहा सुनसान भएको छ भने व्यवसायी निराश बनेका छन् । कोरोना महामारीको अन्त्यसँगै स्वदेशी पर्यटकका कारण सौराहा चलायमान हुन्छ भन्ने अनुमान व्यवसायीले गरेका थिए । तर त्यसो भएन । अहिले सौराहामा विदेशी पर्यटक फाट्टफुट्टमात्रै देखिन्छन्, स्वदेशी पर्यटक दैनिक डेढ सय जनाको हाराहारीमा आएका छन् । साना तथा मझौल...

वर्षा सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा घटे पर्यटक

लमजुङ : पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या घट्न थालेको छ। १० दिनअघिसम्म दैनिक २००को हाराहारीमा आउने गरेको पर्यटकको संख्या यतिबेला ८÷१० जनामा घटेको छ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले वर्षायाम सुरु हुन लागेको र बाटोमा समस्या हुने कारण पर्यटकको संख्या घट्न थालेको बताए। अन्नपूर्ण विश्व पर्यटन बजारका महत्वपूर्ण पदमार्गमध्ये एक मानिन्छ। यहाँ विगतमा दैनिक ५००\६०० को हाराहारीमा पर्यटक आउँथे।

सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक

हेटौंडा : सहिद स्मारक हेटौंडामा यस वर्षको नयाँ वर्षमा पर्यटक ह्वात्तै घटेको छ । समुदायबाट स्थापित एवं सञ्चालित हेटौंडा उपमहानगरपालिका—११ नवलपुरस्थित सहिद स्मारकमा गत वर्षको तुलनामा १५ हजार पर्यटक घटेको स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले बताए। ‘निर्वाचन नजिएर पनि होला गत वर्षको तुलनामा पर्यटक कम भएको छ,’ स्मारक विकास…

कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक

फुङ्लिङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो । कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष […]

पर्यटक घटे पनि आम्दानी बढ्यो

नेपालको मात्रै नभएर विश्व पर्यटनको कुरो गर्दा सन् २०२० र २०२१ (२ वर्ष) नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि मात्रै नभएर विश्वभरिका देशका पर्यटन व्यवसायी र सरकारका लागि पनि साह्रै नमीठो अनुभव रह्यो, अनुभव गर्नुपर्‍यो पर्यटन क्षेत्रमा । त्यसो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका नेपालको छिमकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोना भाइरस फैलनु नै मुख्य कारण रह्यो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । नेपाली पर्यटनको संख्याको कुरो गर्दा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ मा १ लाख ४९ हजार ८३३ विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो भनेको सन् २०२० को तुलनामा ३४ दशमलव ९ कम हो । सन् २०१९ सन् मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटन आगमनको तथ्यांक हेर्दा सन् २००२ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५/६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् १९६९/७० को ४ वर्षको अवधिमा ४ डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७/०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ । यसरी हामीले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यात्मक तथ्यांक हेर्दा सामान्य ढंगले वर्षैपिच्छे बढेको देखिन्छ । तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने गरेको दैनिक खर्चको तथ्यांक हेर्दा भने जुन ढंगले बढ्नुपर्ने हो, त्यसअनुसार बढेको देखिँदैन । सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण धेरै कम संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए तापनि यी दुवै वर्ष नेपाल भ्रमण गर्न आएका पर्यटकले गरेको प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च भने बढेको देखिएको छ जुन हाम्रा लागि सुखद समाचार हो । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकबाट सन् २०२० मा समग्रमा २ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको थियो भने सन् २०२१ मा २ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा नेपाल सरकारले पर्यटन क्षेत्रबाट आमदानी गरेको छ । यसरी हेर्दा पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा हेर्दा सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका पर्यटककले गरेको खर्चको तुलना गर्दा ७५ देखि ७७/८८/८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने भनाइ पर्यटन विज्ञहरूको रहेको छ । सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो पर्यटन क्षेत्रबाट । नेपालको मात्रै नभएर विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बद्ध व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भनेको सन् २०१९ को डिसेम्बर अन्तिम ताका वुहानबाट पैmलन शुरू भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । यही कारण सन् २०२० मा विश्वभरि पर्यटकको संख्या ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या त अझ बढी (लगभग ८३/८४ प्रतिशत) ले घटेको थियो । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । त्यस्तै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२० नामक किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव १ दिन जो छ, त्यसलाई पनि बढाएर कम्तीमा १६ दिन कटाउने प्रयास हामीले गर्नुपर्ने देखिन्छ । त्यस्तै, प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ पनि ६५ अमेरिकी डलरबाट ७५ डलर जति पुर्‍याउने प्रयास गर्नुपर्ने देखिन्छ । हाल सबै देशका आम सर्वसाधारणबीच त्राहि माम् त्राहि माम्को अवस्थामा रहेको कोरोनाको महामारी डेल्टा, ओमिक्रोन र नियोकोभले बिदा लिएर वा आफसे आफ अवस्था ठीक भएपछि निश्चय नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तर बढ्ने आशा गरौं । कसरी हुन्छ हामीले नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या र गुणस्तर बढाउँदै सँगसँगै जान सकिन्छ ? त्यसतर्फ पहल गर्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

कञ्चनपुर, २६ साउन: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि निकुञ्ज अवलोकनका लागि पुग्ने आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०७७-७८ मा दुई हजार ९३५ पर्यटकले निकुञ्ज घुमफिर गरेका छन् । निकुञ्ज घुमफिर गर्नेमा अधिकांश आन्तरिक पर्यटक छन् । थोरै मात्रै विदेशी […]

कोरोना सङ्क्रमणले आधा घटे पर्यटक

कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्

सन् २०२० मा ८० प्रतिशतले घटे पर्यटक

काठमाडौं। सन् २०२० मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक ८० प्रतिशतले घटेका छन्। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महामारीका कारण गत वर्ष पर्यटकको संख्या ८० प्रतिशतले घटेको हो। सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार पर्यटक आएका थिए। जुन महामारीको समयमा घटेर दुई लाख २३ हजार ८५ मा सीमित भएका हुन्।