पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् । माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए । सभामुखको च