कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झापटबहादुर बोहरालाई मातृ शोक परेको छ। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बोहराकी आमा ७८ वर्षीय धौली देवी बोहराको मङ्गलवार राती धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
निमोनियाबाट ग्रसित उनको १३ गतेदेखि अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको…