एमालेका सचिव योगेश भट्टराईलाई मातृ शोक

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृ शोक परेको छ। उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको पारिवारिका स्रोतले जानकारी दिएको छ। पारिवारिक स्रोतकाअनुसार उनको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिनेछ।