सप्तरीका सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन् । उनी डा भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए । डाक्टर सरदार हुने बिरुवाको चिल्लो पात भने झै सानैदेखि मेहनती थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियो । उनले आमाको मेहनतले आफू डा. बन्न