जनकपुरधाम । मधेस सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० शहीद परिवारलाई आर्थिक सहयोग गरेको छ । गृह तथा संचार मन्त्रालय मातहतमा रहेको शहीद प्रतिष्ठानले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा शहीद परिवारहरुलाई आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति वर्षमान पुनले शहीद रामवृक्ष यादव परिवारका सदस्य सुधा यादवलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरे । […]