कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको