काठमाडौं । हुम्लामा नेपाल–चीन सीमा विवादको प्रसंग आउँदा सँगै जोडिने नाम हो–जीवनबहादुर शाही । काँग्रेस नेता शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन् । उनले हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका छन् । शाहीको दावीमा सत्यता कति छ त्यो फरक पाटो हो, तर उनै शाहीले उठाउँदै आएको माग सम्बोधन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल–चीन सीमा अध्ययन कार्यदल बनाएको छ ।समिति बनाएकोमा शाहीले सरकारलाई धन्यवाद दिएका छन् । उनले आफुले चीनसँग सम्बन्ध बिर्गानुपर्ने कारण नरहेको भ