सहरी विकास मन्त्रालयले अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथ विकास आयोजनालाई अगाडि बढाउन नसकिने निष्कर्ष निकालेको छ। आयोजना अगाडि बढाउन अहिलेको रेखाङ्कनमा पुनरवलोकन गर्नुपर्ने निष्कर्ष मन्त्रालयको छ। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिलाई मन्त्रालयले दिएको जवाफमा यस्तो उल्लेख छ। समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे अवस्थाबारे जानकारी मागेको थियो।प्रस्तावित बाहिरी चक्रपथको दायाँबायाँ २५० मिटर जग्गामा स्थायी भौतिक संरचना निर्माण भइसकेको हुँदा अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भएकाले