काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ विस्तार अन्तर्गत चोभारदेखि सतुङ्गलसम्मको ट्रयाक खोल्ने तयारी थालेको छ। योजना बनेको लामो समयपछि उपत्यकाको ट्राफिक जाम व्यवस्थापन गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो।सरकारले २०६१/६२ सालदेखि नै काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर ६ स्थानमा करिब ७२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजना ल्याएको थियो। प्राधिकरणका अनुसार तत्कालको लागि भने चोभारदेखि सतुङ्गलसम्मको ६.६ किलोमिटरको ट्रयाक खोल्न लागिएको छ। उपत्यका विकास प्राधिकरणका आयुक्त जा