शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देश रहेको बताइन् ।उनले भनिन्–‘जहाँ जहाँबाट चक्रपथ बन्छ भनिएको थियो त्यहाँ बन्ने कुरामा सन्देश थियो । उदाहरणका लागि चोभार सुख्खा बन्दरगाहदेखि सतुङ्गलसम्म ६ किलोमिटर बाटोमा जहाँ बाहिरी च