जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।
जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।
काठमाडौं । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत कम हो ।
विक्री नभइकन उब्रिएको मौज्दात र खस्कदो बृहत् आर्थिक वातावरणका कारण विक्री प्रभावित बनेको हो । सो अवधिमा अमेरिकी प्रविधि कम्पनी Apple Inc को विक्री सबैभन्दा धेरैले घटेको छ । बजार अनुसन्धानकर्ता संस्था International Data Corporation (आईडीसी)का अनुसार सन् २०२२ को पहिलो त्रैमासमा विश्वभर कुल ८ करोड २ लाख थान पीसी बिकेका थिए ।
सन् २०२२ को अन्तिम त्रैमासमा पनि पीसी विक्रीमा यस्तै प्रवृत्ति देखिएको थियो । डिसेम्बर त्रैमासमा विश्वभर पीसीको विक्री २८ दशमलव १ प्रतिशतले घटेको थियो । प्रतिवेदनमा समावेश गरिएको शीर्ष पाँच पीसी कम्पनीहरूमध्ये विक्री सबैभन्दा धेरै एप्पलको घटेको छ । पहिलो त्रैमासमा एप्पलको विक्री ४० दशमलव ५ प्रतिशतले घटेको छ ।
यो सन् २०२२ को जनवरी-मार्चयताकै ठूलो कमी हो । डेल टेक्नोलोजीको विक्री पनि ३१ प्रतिशतले घटेको छ । लेनोभो ग्रुप, असुस्तेक कम्प्युटर इंक र एचपीको विक्रीमा पनि उच्च कमी आएको छ । गएको वर्षको अन्तिम त्रैमासमा नै एप्पलको म्याक कम्प्युटरको विक्री २९ प्रतिशतले घटेर ७ अर्ब ७० करोड डलरमा झरेको थियो ।
पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू सुस्ताउने थालेको चिन्ताले पनि विक्री प्रभावित भइरहेको छ । महँगी नियन्त्रण गर्न विश्वभर बढाइएको ब्याजदरले आर्थिक वृद्धिदर र वित्तीय लगानी दुवै प्रभावित पार्ने देखिएको छ ।
सन् २०२४ को शुरुदेखि आर्थिक गतिविधिहरू बढ्यो भने पुराना बन्दै गएको उपकरणहरू फेर्नु पर्ने आवश्यकताका कारण माग ह्वात्तै बढ्ने आशा गर्न सकिने आईडीसीका अधिकारी बताउँछन् । तर, प्रमुख अर्थतन्त्र मन्दीमा जाकिए भने पीसी बजारमा पुनःबहालीको आशा तुहिने निश्चितप्रायः छ । एजेन्सी
काठमाडौं, बैशाख ३ । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पुर्याउन अनलाइन सेवा दिएर चर्चित बनेको […]
विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पुर्याउन अनलाइन सेवा दिएर चर्चित बनेको 'फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड
सोल-दक्षिण कोरियाली कार निर्माता हुन्डाइ र अमेरिकी प्रविधि कम्पनी एप्पलले छिट्टै स्वचालित कार उत्पादनको सम्झौतालाई अन्तिम रुप दिने भएका छन् । यो सम्झौताको तीन वर्षमा कारको उत्पादन हुने अपेक्षा गरिएको छ ।दुई कम्पनीबीचको सम्झौताले मार्चमा पूर्ण अवस्थामा पुग्ने कोरियाको स्थानीय अखबार आईटी न्यूजले जनाएको छ ।यो कारको उत्पादन अमेरिकामा स्थापना गरिएको प्लान्टमा हुने छ । […]