झापा – गएकाे आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएकाे आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ । गएकाे आवमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने त्यही अवधिमा त्याे नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमु...
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको माग बढ्न थालेको छ । युरोप, चीन, भारतलगायतका मुलुकमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी जडिबुटी निर्यात भएको छ । यो अवधिमा सुगन्धित तेलमात्रै १३ करोडको निकासी भएको छ । […]
नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ । आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने […]
नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ।व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने १करोड २५ लाख रुपैयाँ बरावरको मात्र गरेको छ।यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ।केन्द्रका अनुसार नेपालले चीनभन्दा ब
बर्लिन- जर्मनीको चीन तर्फको निर्यात १३.७ प्रतिशतले बढेर जनवरीमा ९.७ अर्ब अमेरिकी डलर पुगेको संघीय तथ्याङ्क कार्यालयले शुक्रबार प्रकाशित एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क कार्यालयका अनुसार जनवरीमा १३.१ बिलियन यूरो मूल्यका आयातित सामानहरू सहित चीन जर्मनीको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ । यससँगै जर्मनीबाट चीनका लागि भएको निर्यात १३.७ प्रतिशतले वृद्धि भएको […]
सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ । चिनियाँ राजस्व प्रशासन कार्यालय (जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स) को अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहे
पुस ११, नयाँदिल्ली(भारत) । चीन भारतको शीर्ष व्यापार साझेदार बनेको छ ।
दुई देश बीचको सम्बन्ध चिसिएको अवस्थामासमेत अमेरिकालाई उछिनेर चीन भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । सिमा सुरक्षा सम्बन्धमा चिसोपना कायमै रहँदा पनि भारत र चीन बीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलरभन्दा बढीको भएको छ। सन् २०२० मा दुई देश बीचको दुईतर्फी व्यापार ७७ अर्ब ७० करोड डलर रहेको थियो । सन् २०१९ मा भने दुई देशीय व्यापार ८५ अर्ब ५० करोड डलर रहेको थियो ।
कोरोना भाइरसको महामारी बीच विश्वको व्यापारमा अवरोध उत्पन्न भयो । तर मेडिकल उपकरण र आपूर्तिको माग भने सुदृढ नै रह्यो । उता सीमा तनाव कायमै रहँदा भारतले चीनसँगको व्यापारमा कटौती गर्न आत्म निर्भर हुने र व्यापारमा कटोती गर्ने प्रयास गरेको थियो । तर पनि चीनमा निर्मित मेशिनरी, दूरसञ्चार उपकरण र होम अप्लायन्सेजमा उच्च निर्भर रहेको छ, भारत ।
उक्त व्यापारले सन् २०२१ को ११ महीनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको हो। यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको छ।
चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महीनाको तथ्याङ्क अनुसार भारत र चीन बीचको द्विपक्षीय व्यापार ११४ दशमलव २६३ अर्ब डलर पुगेको छ। वर्ष शुरुभएपछि नोभेम्बरसम्ममा उक्त व्यापार ४६ दशमलव ४ प्रतिशतले बढेको बताइएको छ। भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८ दशमलव ५ प्रतिशतले बढिरहेको छ।
भारतले उक्त अवधिसम्ममा चीनबाट ८७ दशमलव ९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ। द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतको व्यापार घाटा भने द्रुत गतिमा बढी रहेको छ।
यसले भारतले चीनमा जति समान विक्री गर्छ त्योभन्दा कैयौं गुणा धेरै खरीद गरिरहेको पुष्टि गरेको छ। भारत र चीन बीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो।
अघिल्लो वर्षको मे महीनामा भारत र चीन बीच सैन्य गतिरोध शुरु भएको थियो। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दुई देश बीच सन् २००१ मा १ दशमलव ८३ अर्ब डलर कारोबारबाट शुरु भएको थियो। लद्दाखको गतिरोधपछि हालसम्म सम्वन्धमा कुनै सुधार नहुँदा भारत र चीन बीच व्यापारबाहेक बाँकी सबै सम्बन्ध लगभग ठप्प अवस्थामा रहेको छ। बीबीसी
काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले इन्डोनेसियासँग १६ अर्ब ८६ करोड १३ लाख ६३ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ।भारत, चीन,अर्जेन्टिना, युएई र युक्रेनपछि नेपालको छैठौं ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ।भन्सार विभागका अनुसार गत वर्ष इन्डोनेसियाबाट १७ अर्ब १२ करोड ८६ लाख ८ हजार रुपैयाँको वस्तुहरु भित्रिदा नेपालबाट २६ करोड ७२ लाख४६ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो।
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिना (२०७७ साउनदेखि २०७८ वैशाखसम्म)को अवधिमा नेपालको चीनसँग व्यापार घाटा एकखर्ब८२ अर्ब २९ करोड ५५ लाख २५ हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालबाट मात्र ८९ करोड७६ लाख २६ हजार रुपैयाँको सामान चीन निर्यात भएको छ। भन्सार विभागका अनुसार चीनबाट भने एकखर्ब ८३ अर्ब १९ करोड३१ लाख ५२ हजार रुपैयाँका सामान नेपाल भित्रिएको छ।