भारतको नयाँ विदेश सचिवमा विनयमोहन क्वात्रा

विनयमोहन क्वात्रा भारतको नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । नेपालका लागि भारतीय राजदूत रहेका क्वात्रालाई सोमबार विदेश सचिव  नियुक्त गरिएको हो ।अहिलेका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । नेपाल आउनुअघि क्वात्राले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए। 

सम्बन्धित सामग्री

भारतका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पाैडेलबीचको भेटघाटमा ‍भए यस्ता सहमति

काठमाडाैँ – परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार यहाँ आइपुगेका हुन्। काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका थिए। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेका थिए। दुई परराष्ट्र सचिवबीच […]

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ । परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कनेक्टिभिटी, जिद्युत व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले […]

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

३ जेठ, काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् । भारतको विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको जनाएको छ । उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ […]

भारतीय राजदूतमा श्रीवास्तव प्रस्तावित

नेपालका लागि राजदूत भएकै बेला निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिव नियुक्त भएपछि रिक्त रहेको नेपालस्थित राजदूतावासमा श्रीवास्तवलाई पठाउन लागिएको हो।...

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

काठमाण्डाै – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनुभएको छ । भारत सरकारको मन्त्रिपरिषद्को बैठकले क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको विदेश मन्त्रालयले जनाएको छ । सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गरेका क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रूपमा काम गरिसक्नुभएको छ । यस्तै क्वात्रासँग तीन वर्ष अमेरिकी राजदूत भएर काम गरेको अनुभवसमेत रहेको छ ।

भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन्।

राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै उनी विदेश सचिवमा नियुक्त भएको जानकारी दिएको छ। हाल विदेश सचिव रहेका हर्षवर्धन...

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त

काठमाडौं, २१ चैत्र । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश मन्त्रालयका सचिवमा नियुक्त भएका छन् । नवनियुक्त विदेश सचिव क्वात्रा १९८८ मा सेवामा प्रवेश गरेका थिए ।

दार्चुला र धार्चुला जोड्ने पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल…

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

१६ फागुन, काठमाडौं । काठमाडौंस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिर भारत सरकारको ५ अर्ब ८० करोड रुपैयाँको आर्थिक […]