बैंक तथा वित्तीय संस्थाहरुले मनपरी ढंगले ब्याज र विभिन्न शुल्क लिएको भन्दै सिराहाका उद्योगी व्यवसायीहरुले ब्याजदर एक अंकमा झार्न माग गर्दै विरोधमा उत्रेका छन्।...
काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले विरोध सभा आयोजना गरेका छन्।
बुधबार साँझ काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सडक व्यापारीले उक्त घटनामा...
धनगढी । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा उद्योगी, व्यापारी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । आज (मंगलबार) बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायिक संघ सस्था विरोध प्रदर्शन तथा आन्दोलनमा उत्रिएका हुन् । बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायीहरूले आन्दोलन थालेको बताएका छन् । उनीहरूले धनगढीको चौराहदेखि पार्कमोडसम्म […]
राजनीतिक मागसहित विभिन्न आन्दोलनको सधैं विरोध गर्ने गरेका निजीक्षेत्र अहिले आफैं सडकमा कालो ब्यानरसहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बिहानै पसल सटर खोलेर ग्राहकलाई स्वागत गर्ने गरेका व्यवसायी सोमबारदेखि सडकमा देखिएका हुन् । ग्राहक लक्ष्मी हुन् भन्दै सडक किनारमा सटर लिएर व्यापार गर्नेदेखि ठूला उद्योग सञ्चालन गरेर बसेका सबै व्यवसायी कालो व्यानरमा विरोध कार्यक्रमसहित सडकमा […]
राष्ट्र बैकले वृद्धि गरेको बैंक ब्याजको विरुद्ध दाङका उद्योगी व्यवसायी पनि आन्दोलित भएका छन् ।जिल्लाका उद्योगी व्यावसायीहरुले जिल्लाका ११ वटा शहरी क्षेत्रमा एकै पटक विरोध र्याली तथा कोण सभा गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लामा सुरु भएको आन्दोलन सोमबार जिल्लाका ११ वटा शहरी क्षेत्रमा विरोध र्याली र कोण सभा भएको हो […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले […]
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बैंकको चर्को व्याजविरुद्ध शुक्रबार हेटौंडा बजारमा विरोध ¥यालीसहित प्रशासनलाई ज्ञापनपत्र दिएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता अकल्पनीय परिस्थितिले नेपाली अर्थतन्त्रमा गम्भीर चोट पुग्नुका साथै बढ्दो महंगी र आर्थिक मन्दीले नेपाली अर्थतन्त्र श्रीलंकाजस्तो दुर्घटनामा नपरोस् भन्ने चिन्ता रहेको पेश गरिएको ज्ञापनपत्रमा उल्लेख छ । बस्तु तथा सेवाको व्यापारमा निरन्तर […]
मोरङका उद्योगी व्यवसायीहरु अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले उद्योगीलाई मर्कामा पारेको भन्दै उनीहरुले बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उद्योगहरुलाई मर्का पारेको बताए । उनले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको बजेट सच्याउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्रीले कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर सडकमा उत्रिनुपरेको गुनासो गरे । ‘आफ्ना देशका उद्योगीलाई होइन, छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ’ अध्यक्ष रिजालले भने, ‘उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै लाग्यो ।’ त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले पनि अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा आफूहरुलाई झुक्याएको गुनासो गरेका छन् । अध्यक्ष प्याकुरेलले अर्थमन्त्रीले उद्योगीलाई मर्का पर्ने काम गर्दा पनि प्रधानमन्त्री उल्टै अर्थमन्त्रीको बचाउमा व्यस्त रहेको लगाए । ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन’ उनले भने, ‘प्रधानमन्त्रीबाट पार नलाग्ने देखेपछि हामी माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गयौँ, प्रचण्डले उद्योगीको माग जायज भएको र जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताउनु भएको थियो, तर उनले पनि हामीमाथि छल गरे ।’ उनले उद्योगीसँग खेलाची नगर्न चेतावनी पनि दिए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्ष पनि अर्थमन्त्रीले दलाली गरेर २४ वटा उद्योग बन्द गराएको भन्दै अर्थमन्त्री शर्मा उद्योग व्यवसाय क्षेत्रको हत्यारा भएको आरोप लगाए ।
काठमाण्डाै – अवैैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले सरकारको चर्को विरोध गर्दै र्याली निकालेका छन् ।
फ्लोरिकल्चर एसाेसिएशन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान सङ्घको आह्वानमा अवैध तथा अनियन्त्रित ढङ्गले पुष्प तथा पुष्पजन्य वस्तु आयात गर्ने काम रोक्न नसकेको भन्दै व्यवसायीहरूले सरकारविरुद्ध र्यालीसहितको प्रदर्शन गरेका हुन् ।
बुधवार दिउँसो ललितपुरको मानभवनमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्दै ...