आज बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १२०.३५ र खरिद मूल्य ११९.७५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३९.५० रुपैयाँ कायम हुँदा खरिद मूल्य १३८.८० रुपैयाँ कायम भएको छ । पाउण्डको बिक्री १६५.२८ रुपैयाँमा भइरहँदा १६४.४५ रुपैयाँमा खरिद भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । सिंगापुर डलर किन्दा सर्वसाधारणले ८९.१५ रुपैयाँ तिर्नुपर्छ भने बेच्दा ८८.७१ रुपैयाँ पाउँछन् । यस्तै, १० जापान