दमौली, १० कात्तिक । तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । […]