नेपालमा संविधान सभाले संविधान जारी गर्नु भनेको ऐतिहासिक क्षण थियो । विश्वका २ सय १९ देशमध्ये २२ वटा देशमा संविधानसभाबाट संविधान जारी भएको छ । त्यसमध्येको नेपाल एक हो । र यो संविधानले के दियो भन्ने सन्दर्भमा हिजो राजतन्त्रात्मक र एकात्मक शासन पद्धति रहेको देशमा सङ्घीय शासन पद्धति आयो । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अर्को संविधानले सम्बोधन गरेको भनेको समावेशी लोकतन्त्र पनि हो । यो दुई वटा सिद्धान्तबाट संविधान आयो । राजामहाराजामा देशको सार्वभौमसत्ता, अखण्डता या सार्वभौमिकता निहित रहने भन्ने थियो । तर, अब नागरिकमा सार्वभौम...