काठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाए