आम्दानी बढाउन ढुंगाखानी उत्खनन !

दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा स्थानीय तहको आन्तरिक आम्दानी घटेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्न लागेका छन् । नदीजन्य पदार्थको उत्खननबाट कुस्मा नगरपालिका र जलजला गाउँपालिकाले वार्षिक २ करोड आम्दानी गर्दै आएका थिए । स्थानीय तहको मुख्य आम्दानीका रूपमा रहेको नदीजन्य पदार्थ उत्खननमा अदालतको आदेशले रोक […]

सम्बन्धित सामग्री

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]

‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए ।  आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]

बैतडी र बझाङका फस्फोरस खानी उत्खनन गरिने

बैतडी : बैतडी र बझाङमा रहेका फस्फोरस खानीको उत्खनन गरिने भएको छ। आइतबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैतडी र बझाङमा फस्फोरस खानीको उत्खनन गरिने बताएका हुन्।फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरेर फस्फोरस मल उत्पादनमा जोड दिइने जनाएको छ।बैतडीको पुर्चौडी नगरपालिका–६, साउनगाउँ र दोगडाकेदार गाउँपालिको सिल्लेगाडा, ढीकगाड लगायतका ठाउँमा फस्फोराइट खानी भेटिएको थियो। भूगर्भ विभागमार्फत यसअघि गरिएको अध्ययन अनुसार यी ठाउँमा फस्फोरस खानी छ।पछिल्लो समय रासायनिक मलको माग बढी रह

म्यानमारको खानी क्षेत्रमा पहिरो, ७० जनाभन्दा बढी बेपत्ता

म्यानमारको खानी उत्खनन क्षेत्रमा पहिरो जाँदा कम्तीमा एकजनाको मृत्यु भएको छ। अरु ७० जनाभन्दा बढीलाई पहिरोले बगाएको आशंका गरिएकाे छ। बेपत्ताहरु खानी तलको तालमा परेको हुन सक्ने अनुमान गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। म्यानमारको उत्तरी क्षेत्रमा रहेको जेड खानी क्षेत्रमा बुधबार पहिरो गएको हो। स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेतिर काचिन […]

पर्वतको जलजलामा ढुंगाखानी उत्खनन गरिँदै

पर्वत । कालीगण्डकी नदीबाट निर्माण वस्तुको उत्खनन रोकिँदा पर्वतका स्थानीय तहको आम्दानी गुमेको छ । आन्तरिक आयको बलियो स्रोत रहेको नदीजन्य पदार्थको उत्खननबाट स्थानीय तहले राम्रो आम्दानी लिँदै आएका थिए । अदालतको आदेशले गतवर्षदेखि उत्खनन रोकिँदा स्थानीय तहको आम्दानी गुमेको हो । नदीजन्य पदार्थको आम्दानी गुमेपछि जलजला गाउँपालिकाले भने स्लेट ढुंगा उत्खनन गरेर आम्दानी गर्ने बाटो रोजेको छ । जलजलामा रहेको ढुंगाखानी उत्खनन गरेर विक्री गर्न गाउँपालिकाले स्लेट ढुंगा खानी उत्खनन सम्बन्धी कार्यविधि बनाएर चालू आवमा उत्खनन शुरू गरेको हो । गाउँपालिकाका राजस्व अधिकृत लीलाधर सुवेदीका अनुसार नदीजन्य पदार्थ उत्खनन हुन नसक्दा गाउँपालिकाको आम्दानी आधा घटेको छ । आन्तरिक आम्दानीले नागरिकका अधिकांश मागहरू सम्बोधन गर्न कठिनाइ भइरहेको उनले बताए ।   नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको छ । यसले खेर गएको ढुंगाले बजार पाउने र स्थानीय स्तरमा रोजगारीको सृजना गर्न सकिने गाउँपालिकाले बताएको छ । स्लेट ढुंगा उत्खनन तथा कटिङ ढुंगा उद्योग सञ्चालन कार्यविधि २०७८ तर्जुमा गरी लागु गर्न लागिएको सुवेदीले बताए । गाउँपालिकाले स्लेट ढुंगा भएका जग्गाधनीहरू र गाउँपालिकाबीच बिहीवार सम्झौता गरेको छ । गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेर सबै प्रक्रिया पूरा गरिसकेकाले तुरुन्तै प्रक्रियामा लैजाने सुवेदीले बताए । अब विगतमा जस्तै स्लेट ढुंगा निकासीमा व्यवसायीले बेचौलियाहरूको संगत गर्न नपर्ने, पारदर्शिता कायम हुने र गाउँपालिकाको राजस्वमा वृद्धि भई स्थानीय जनताका माग सम्बोधन गर्न सहज हुने उनले बताए । कालीगण्डकी नदीमा अहिले निर्माण सामग्री उत्खननमा पूर्णरूपमा रोक लगाईएको छ । अदालतको आदेशले नदीजन्य पदार्थ उत्खननमा रोक लाग्दा निर्माण सामग्री अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था छ । अर्कोतिर, नदीमा आश्रित परिवारको आर्थिक उपार्जनमा समस्या भएको छ । जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँट लगायतमा यसअघि पनि स्लेट खानी उत्खनन गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो । अब भने सबै स्थानीय तहबाट अनुमति लिएर सञ्चालन गर्न पाइने भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।

उत्खनन नहुँदा सल्यानका एक दर्जनभन्दा बढी खानी अलपत्र

सल्यान : उत्खनन नहुँदा सल्यानमा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट

चुरे क्षेत्रमा नपर्ने गरी खानी उत्खनन गरिने

काठमाडौं, नेस उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताउनु भएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पार्नु भएको छ ।नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान तथा […]

नुनदेखि सुनसम्मका खानी उत्खनन

मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।

फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।