‘फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ’

कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए ।  आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]

सम्बन्धित सामग्री

फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश

पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]

धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य

मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।

फलाम उत्खनन कार्यले गति लिँदै

नेपालकै पहिलो फलाम खानी उत्खनन गर्ने उद्देश्यका साथ सुरु भएको फलाम उत्खनन कार्यले गति लिन थालेपछि यहाँका बासिन्दा उत्साही बनेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको थियो । लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादीडाँडामा फलाम खानी भेटिएको थियो ।

रामेछापको ठोसे फलामखानीलाई आएन बजेट

आगामी आर्थिक वर्षको बजेटमा रामेछापको ठोसे फलामखानी सञ्चालनका लागि सम्बोधन नगरेकोमा स्थानीयले गुनासो गरेका छन् । यसअघि सरकारले ठोसे फलाम खानी उत्खनन र सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको थियो।

फलाम खानी उत्खनन अन्तिम चरणमा परीक्षण गर्दा फलाम भएको पुष्टि

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ ।