पर्वत, १५ माघ । पटकपटक अनुसन्धान भए पनि विसं २००७ देखि बन्द भएको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ । विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको […]
मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रिmया अघि बढाएको छ ।
नेपालकै पहिलो फलाम खानी उत्खनन गर्ने उद्देश्यका साथ सुरु भएको फलाम उत्खनन कार्यले गति लिन थालेपछि यहाँका बासिन्दा उत्साही बनेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको थियो । लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादीडाँडामा फलाम खानी भेटिएको थियो ।
कावासोती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताए । आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौबादी फलाम खानीको अवलोकन गर्न पुगेका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानीय बस्तीलाई असर नपर्ने गरी उत्खननको काम अगाडि बढाउने बताएका हुन् । […]
आगामी आर्थिक वर्षको बजेटमा रामेछापको ठोसे फलामखानी सञ्चालनका लागि सम्बोधन नगरेकोमा स्थानीयले गुनासो गरेका छन् । यसअघि सरकारले ठोसे फलाम खानी उत्खनन र सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको थियो।