नारायणकाजी श्रेष्ठको प्रष्टोक्ति : सरकारमा सहभागी हुने सहमति गरेको समाचार षड्यन्त्रमुलक

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर सरकारमा सहभागी हुने समाचार झुठो भएको प्रष्ट पारेका छन्। माओवादी नेता श्रेष्ठले प्रधानमन्त्रीलाई भेटेर सरकारमा आउने सहमति गरेको समाचार बाहिरिएको थियो। त्यस समाचारप्रति आपत्ति जनाउँदै नेता श्रेष्ठले झुठो, कपोल्पित र षड्यन्त्रमुलक भएको भन्दै भत्र्सना गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, “ओली नेतृत्वमा भइरहेको प्रतिगमन, निरङ्कुशताविरुद्ध एक होऔं।”

सम्बन्धित सामग्री

प्रदेश १ : माओवादी सरकारमा सहभागी हुने‚ सम्भावित मन्त्रीको सूची बनाइँदै

विराटनगर :  माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित आज (बिहीबार) बसेको बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो।यसअघि आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने माओवादी केन्द्रको अडान थियो तर केन्द्रबाट सरकारमा सहभागी हुन दबाब दिएपछि सरकारमा जाने निर्णय गरेको हो।मन्त्री छान्न समिति गठनपार्टीभित्रै मन्त्री बन्नेको ताँती लागिरहँदा बैठकले मन्त्री छनोट गर्न समिति गठन गरेको छ।प्रदेशका माओवादी इन्चार्ज

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।  बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक दलबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता...

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने नेकपा एसको निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा […]

लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी

१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ । ‘सरकारमा जाने भन्ने भइसकेको छ ।आज/भोलिमा […]

नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने

नेकपा एस प्रदेश–२ को सरकारमा सहभागी हुने भएको छ । नेकपा एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ । भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर पक्षका नेता बालुवाटारमा

काठमाण्डाै - जनता समाजवादी पार्टी(जसपा)काे महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने तयारीमा जुटेकाे छ । सरकारमा सहभागी हुनका लागि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन्। जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् । आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । जसपाकै अ...