काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।
धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा हिजो बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा धेरैजसो नेताले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको अवस्थामा सरकारमा सहभागी हुनुपर्ने...